Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरे लघुवित्तद्वारा एजीएम आह्वान

२०७९ पुष ११ गते

बैंकिङ खबर/ मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भक्तपुरको सूर्यविनायकस्थित योयो बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट हाल कायम चुक्तापुँजी ५३ करोड १२ लाख ५ हजार ३८८.५२ रुपैयाँको २३ प्रतिशतले हुन आउने १२ करोड २१ लाख ७७ हजार २३९.३६ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। संस्थाले आर्थिक वर्ष २०७७–७८मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरी दुई संस्था प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको हुँदा आयकर ऐन २०५८बमोजिम सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्दा कर नलाग्ने भएकोले कर प्रयोजनका लागि नगद लाभांश नछुट्याइएको जनाएको छ।

सोही सभाले बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

अन्य उपयुक्त लघुवित्त वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सन्दर्भमा सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले सञ्चालक समितिबाट गरिएको एकजना सञ्चालकको नियुक्ति स्वीकृत गर्नेछ। गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि सभाले पारित गर्नेछ।