Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चर्को ब्याजदरविरुद्व उद्योगी–व्यवसायीले राष्ट्र बैंकको कार्यालय अगाडि धर्ना दिँदै

२०७९ पुष ११ गते

बैंकिङ खबर/चर्को ब्याजदर र प्रतिकूल बैंकिङ नीतिविरुद्ध विराटनगर र नेपालगन्जका उद्योगी–व्यवसायी नेपाल राष्ट्र बैंकका स्थानीय कार्यालयहरुमा विरोध र धर्ना दिँदैछन् ।

उद्योगी–व्यवसायीले राष्ट्र बैंकको विराटनगर कार्यालय र नेपालगन्ज कार्यालयमा विरोध तथा धर्ना कार्यक्रम सञ्चालन गर्ने भएका हुन्। यसका लागि उद्योगी–व्यवसायीलाई विराटनगरस्थित मोरङ व्यापार संघमा बिहान ८ः४५ बजे र नेपालगन्जस्थित नेपालगन्ज उद्योग वाणिज्य घसंमा बिहान १० बजे भेला हुन आह्वान गरिएको छ ।

ती दुवै कार्यालय भेला भएर उद्योगी–व्यवसायी राष्ट्र बैंकको स्थानीय कार्यालयमा प्रस्थान गर्ने कार्यक्रम रहेको छ। हालको चर्को बैंक ब्याजदर र प्रतिकूल बैंकिङ नीतिहरुका विरोध सम्बन्धित निकायहरुमा पटकपटक आवाज उठाउँदासमेत समाधानका लागि कुनै कदम नचालिएको भन्दै विराटनगरमा गत पुस ७ गतेदेखि नै उद्योगी–व्यवसायीले विरोध कार्यक्रम सञ्चालन गर्दै आएका छन्। नेपालगन्जमा भने आजबाट उद्योगी–व्यवसायीले विरोध कार्यक्रम सञ्चालन गर्ने भएका हुन्।

Ad