Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

साइपालमा अझै पुग्न सकेन बैंक

२०७९ पुष १० गते
बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका एक शारीरिक अशक्तता भएका व्यक्तिलाई भत्ता बुझ्न लगिँदै ।
तस्बिरः तरुणा जोशी/बझाङ

बैंकिङ खबर/७५३ स्थानीय तहमध्ये बझाङको साइपाल गाउँपालिकामा अझै वाणिज्य बैङ्कको शाखा पुग्न सकेको छैन । सुदूरपश्चिम प्रदेशमा पर्ने साइपाल गाउँपालिकामा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको शाखा छैन । यहाँबाट सबभन्दा नजिकको बैङ्क शाखा भएको ठाउँ बझाङ सदरमुकामको चैनपुर हो, जहाँ पुग्न तीन दिन हिँड्नुपर्छ । यति मात्रै होइन, बैङ्किङ सेवाकै लागि गाउँपालिकाले सम्पर्क कार्यालय बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा खोल्नुपरेको छ ।
नेपाल राष्ट्र बैङ्कले २०७४ देखि नै सबै स्थानीय तहमा वाणिज्य बैङ्कका शाखा विस्तार गर्न निर्देशन दिँदै आएको हो । सोही निर्देशनअनुसार २७ वाणिज्य बैङ्कले शाखा विस्तारका लागि स्थानीय तहको बाँडफाँट गरेर अरू बैङ्कले तोकिएको लक्ष्य पूरा गरे पनि एभरेस्ट बैङ्कले भने पूरा गरेको छैन ।

एभरेस्ट बैङ्कका नायब महाप्रबन्धक केशवराज पौडेलले अत्यन्तै विकट भएका कारण साइपालमा शाखा लैजान नसकिएको बताउनुभयो । बैङ्कको टोली पटकपटक गएर शाखा स्थापनाका लागि प्रयास गरेको जानकारी दिँदै उहाँले भन्नुभयो ।

नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले साइपालबाहेक सबै स्थानीय तहमा बैङ्क पुग्न सफल भएको जानकारी दिँदै साइपालमा पनि चाँडै शाखा खुल्ने बताउनुभयो । बैङ्कले सो क्षेत्रमा प्राविधिक कठिनाइ देखाएको उहाँले बताउनुभयो ।