Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सबैको लघुवित्त वित्तीय संस्था शाखा कार्यालय डुम्रेद्वारा मृत्यु दावी भुक्तानी

२०७९ पुष ८ गते

बैंकिङ खबर/तनहुँको बन्दीपुर गाउँपालिका १, डुम्रेस्थित सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय डुम्रेले मृत्यु दावी भुक्तानी गरेको छ ।

तनहुँ जिल्ला, बन्दिपुर गाउँपालिका वडा नम्बर १ भुँडाटारस्थित भुँडाटार सबैको महिला समूहकी ग्राहक सदस्य सन्जु गुरुङ नेपालीको कालगतिले मृत्यु भएपछि रिलायबल म्यादी बीमा अन्तर्गत मृत्यु दावी भुक्तानी वापत मृतककी सासू आमा मोतिमाया नेपालीलाई बन्दिपुर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शिव कुमार श्रेष्ठले चेक हस्तान्तरण गरेका हुन् ।

मोतिमायालाई बीमाङ्क रकम रु. २ लाख ५० हजार र क्रिया खर्च १ लाख गरी रु. ३ लाख ५० हजार मृत्यु दावी भुक्तानी स्वीकृति भएकोमा निजको कर्जा कट्टा गरी बचत सहित रु. २ लाख ४६ हजार नौ सय ८८ रुपैयाँ बराबरको चेक वडाध्यक्ष श्रेष्ठले हस्तान्तरण गरे ।

एक मिनेट मौन धारणबाट सुरुवात भएको रिलायबल म्यादी जीवन बीमा अन्तर्गत मृत्यु दावी भुक्तानी कार्यक्रममा बन्दिपुर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शिव कुमार श्रेष्ठ, सस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठ, सहायक प्रवन्धक सन्तोष कुमार दत्त, आमा समूहकी अध्यक्ष अनिता शाही, भुँडाटार सबैको महिला समूहकी अध्यक्ष सुनिता नेपालीले आ–आफनो संक्षिप्त मन्तब्यका क्रममा संस्थाले उपलब्ध गराएका सेवाहरु, बीमाको महत्व बारेमा जानकारी गराएका थिए ।

बन्दिपुर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष, आमा समूहकी अध्यक्ष, भुँडाटार सबैको महिला समूह (समूह नं. १०७)का ग्राहक सदस्यहरु, अभिभावकहरुको रोहवरमा मृत्यु दावि भुक्तानी कार्यक्रमको सञ्चालन संस्थाको डुम्रे शाखा कार्यालयका शाखा प्रमुख रोशल लाल श्रेष्ठले गरेका थिए ।