December 22nd, 2022

सीवाईसी नेपाल र आँधीखोला लघुवित्तलाई मर्जरको लागि अन्तिम स्वीकृति

बैंकिङ खबर/ सीवाईसी नेपाल र आँधीखोला लघुवित्तले मर्जरको लागि अन्तिम स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकले दुई कम्पनीको मर्जरलाई अन्तिम स्वीकृति दिएको हो ।

अन्तिम स्वीकृति पाएसँगै अब दुवै कम्पनीले १ महिना भित्र एकिकृत कारोबार गरिसक्नु पर्ने छ । यी २ संस्थाबीच असार २२ गते मर्जमा जाने सम्झौता भएको थियो।

दुवै कम्पनीको असोज ७ गते शुक्रबार सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए । सीवाईसी नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका स्थित बाग्लुङ बजारमा रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १२ करोड १६ लाख रहेको छ । आँधिखोला लघुवित्तको केन्द्रीय कार्यालय स्याङ्गजाको बयरघारीमा रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ९० लाख रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]