Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आईएमएफले नेपाललाई सवा ७ अर्ब रुपैयाँ दिने

२०७९ पुष ६ गते

बैंकिङ खबर/नयाँ सरकार गठन भएलगत्तै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विस्तारित कर्जा सुविधा (ईसिएफ) अन्तर्गत दोस्रो किस्ता बाफतको रकम निकासा गर्ने भएको छ । 

आईएमएफले गरिरहेको मूल्यांकन सम्पन्न नभएकाले दोस्रो किस्ता बापतको रकम निकासा गर्न ढिलाइ भएको आईएमएफकी नेपाल प्रतिनिधि टेरेना डबान सान्चेजले जानकारी दिइन् ।

गत वर्ष पुष २८ गते आईएमएफले नेपाललाई ३८ महिनाभित्र विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने निर्णय गरेको थियो ।

आईएमएफले पहिलो किस्ता बाफतको ११ करोड अमेरिकी डलर गत पुष २८ गते नै निकाससमेत गरेको थियो । तर, त्यसपछि दोस्रो किस्ता बाफतको ५ करोड ५० लाख अमेरिकी डलर (करिब सवा ७ अर्ब रुपैयाँ) भने अहिलेसम्म निकासा गरेको छैन ।

 
Ad