
बैंकिङ खबर/ नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स रोक्न परेको मुद्दामा मंगलबार पनि टुङ्गो लाग्न सकेन । मंगलबारको सुनवाइमा पूर्ण सुनवाइमा पठाउने आदेश आएसँगै मंगलबार पनि मुद्दाको टुङ्गो नलागेको हो ।
पूर्ण सुनवाइमा पठाउने आदेश आए सँगै अल्पकालीन अन्तरिम आदेशले निरन्तरता पाएको छ । यस अघिको पेसीमा अदालतले निर्णय फाइल झिकाउने आदेश दिएको थियो। सोही आदेश अनुरूप नै मंगलबार सुनवाइ भएको थियो।
यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त मुद्दामा कारण देखाऊ आदेश जारी गरेको थियो। रिटमा अदालतले तत्कालको लागि प्रक्रिया अघि नबढाउन आदेश दिएपछि अहिले तीन वटै लाइसेन्सको प्रक्रिया रोकिएको छ।बोर्डले लाइसेन्स खुल्ला गरेपछि सो प्रक्रिया विरुद्ध अधिवक्ता दीपकविक्रम मिश्रले सर्वोच्चमा रिट दायर गरेका थिए।