December 19th, 2022

लक्ष्मी लघुवित्तद्वारा ५४ जना ग्राहक सदस्यहरुलाई कृषि सम्बन्धी तालिम प्रदान

बैंकिङ खबर/ लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले सिन्धुलीको भिमान, र रामेछापको हिलेदेवी गरी २ वटा शाखामा आवद्ध ग्राहकहरुलाई बेमौसमी तरकारी खेती तथा व्यवसायिक बाख्रापालन तालिम प्रदान गरेको छ । मिति २०७९/०८/२७ गते देखि २०७९/०९/०२ गतेसम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ५४ जना ग्राहक सदस्यहरु सहभागी भएका थिए ।

बेमौसमी तरकारी खेती तथा व्यसायिक बाखापालन सम्बन्धी परम्परागत जीविकोपार्जन सीपलाई व्यवसायिकरण तर्फ रुपान्तरण गर्ने उद्धेश्यले उक्त तालिम आयोजना गरिएको थियो ।

तालिम कार्यक्रममा उपस्थित स्थानीय पदाधिकारीहरुले संस्थाको कार्य विस्तार क्षेत्रहरुमा वित्तीय कारोवार अन्र्तगत आर्थिक परिचालनमा सहयोग र तालिमको माध्यमबाट सीप र क्षमता अभिवृद्धि गरी कृषकहरुलाई हौसला तथा उत्साह प्रदान गरे जस्तै ग्राहकहरुले पनि संस्थाको उदेश्य अनुरुप वित्तीय कारोवारमा अनुशासित हुँदै, तालिम पश्चात सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो । तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषि विशेषज्ञ) ओम प्रकाश भुसालले गर्नुभएको थियो ।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग, लक्ष्मी लघुवित्त स्मार्ट एप र लक्ष्मी लघुवित्त मोबाईल पैसा सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पुर्‍याउने उदेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]