Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कर्जाको औषत ब्याजदर साढे १२ प्रतिशतभन्दा माथि

२०७९ मंसिर २९ गते

बैंकिङ खबर/वाणिज्य बैंकहरुको कर्जाको औषत ब्याजद साढे १२ प्रतिशतभन्दा माथि पुगेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको मासिक विवरणमा कार्तिकसम्ममा कर्जाको भारित औसत ब्याजदर १२.६५ प्रतिशत रहेको छ।

गत वर्षको यसै अवधिमा कर्जाको औषत ब्याजदर ९.०२ प्रतिशत थियो। विगत १ वर्षमा कर्जाको ब्याजदर ह्वातै बढेको छ।
वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ कात्तिकमा ७.८२ प्रतिशत रहेकोमा २०७९ कात्तिकमा १०.६० प्रतिशत कायम भएको छ । यसरी आधार दर बढ्दा पनि कर्जाको ब्याजदर बढेको हो।

२०७९ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर भने ८.३२ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर ५.८० प्रतिशत थियो।

Ad