
बैंकिङ खबर/नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अर्थतन्त्रको विषयमा निजी क्षेत्रले उठाएको विषयलाई गलत व्याख्या गरिएको बताउनुभएको छ ।
आर्थिक पत्रकार संघको १३ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले भन्नुभयो, ‘विकास निमार्णको अवसर भएको कारणपनि समन्वयको कारण समस्या भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘कोभिडपछि निजी क्षेत्रले धेरै समस्या भोगिरहेको छ ।’
निजी क्षेत्रले उठाएको विषयलाई निजी क्षेत्रको लागि मात्रै हो भन्ने गलत सन्देश गइरहेका ढकालकोे भनाई छ । ‘तरलता अभावको कारण आयातलाई निरुत्साहित गर्ने, उद्योग लगायतका व्यापार व्यवसाय सहज ढङ्गबाट अगाडी बढ्न सकेको छैन’ उहाँले भन्नुभयो ।