Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नयाँ सारथी र विजय लघुवित्तबीच मर्जर सम्झौता

२०७९ मंसिर २७ गते

बैंकिङ खबर/ नयाँ सारथी र विजय लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ । नयाँ साथरी र विजय लघुवित्तबीच सोमबार साँझ मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो। यी दुवै लघुवित्त नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत छन्।

मर्जरमा जाने प्रारम्भिक सम्झौतासँगै दुवै लघुवित्तले नेप्सेलाई पत्र पठाउँदै आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गर्न आग्रह गरेका छन्। नेप्सेले पनि आजबाटै यी दुवै लघुवित्तका आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गर्नेछ।