Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आर्थिक समस्याहरु समाधान गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छः पूर्व गभर्नर डा. रावल

२०७९ मंसिर २६ गते

बैंकिङ खबर/पूर्व गभर्नर डा. तिलक रावलले मन्त्रीले ब्याजदर तोक्छौं भन्दै हिँडेको प्रसंग निकाल्दै यसलाई ‘उपद्रो’को संज्ञा दिनुभएको छ । नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा उहाँले भन्नुभयो, ‘एकजना मन्त्रीले ब्याजदर तोक्छौं, हस्तक्षेप गर्छाैं भनेको सुनिन्छ,’ उहाँले भन्नुभयो, ‘के हो हस्तक्षेप भनेको हामी बुझ्दैनौं ।’

उहाँले अहिलेको समस्या राष्ट्र बैंकको मात्र नभई सबैको भएको भन्दै सबै मिलेर समाधान गर्नु पर्ने बताउनुभयो । ३ महिनाको पूँजीगत खर्च २५ अर्ब मात्रै भएको समेत उहाँले बताउनुभयो । बैंकर्स संघले वित्तीय क्षेत्रमा योगदान पु¥याएवापत यसपटक पूर्व गभर्नर तिलक रावललाई सम्मान गरेको छ ।

Ad