
बैंकिङ खबर/ नेपालमा रहेका २६ वाणिज्य बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको बैंक हो एनआईसी एशिया बैंक । बैंकले ग्राहकका सहजताका लागि विभिन्न कार्डहरु समेत ल्याएको छ । त्यसैमध्येको एक हो एनआईसी एशिया भिसा डेबिट कार्ड ।
एनआईसी एशिया भिसा डेबिट कार्ड भिसा इन्टरनेसनलको प्रमुख सदस्य रहेको भिसा ब्रान्डसँग आवद्ध रहेको डेबिट कार्ड हो । यसलाई व्यापारिक क्षेत्रमा सामान तथा सेवा खरिद गर्न भिसा लोगोसहितको पीओएस (प्वाइन्ट अफ सेल्स) टर्मिनल्स वा एटीएम टर्मिनल्समार्फत पैसा झिक्न प्रयोग गर्न सकिन्छ । नेपाल र भारतका ३ लाखभन्दा बढी व्यापारिक आउटलेट र २० हजारवटा एटीएममा यस कार्डलाई स्वीकार गरिन्छ ।
यस्ता छन् यसका विशेषताहरु

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।
जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।