
बैंकिङ खबर/ पछिल्लो समय लघुवित्त क्षेत्रमा रोजगारी खुल्ने क्रम बढेको छ । विभिन्न लघुवित्त संस्थाले ठूलो संख्यामा कर्मचारी माग गरेका छ ।
महुली लघुवित्त
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुखमा वित्त व्यवस्थापन विभाग अन्तर्गत प्रवन्धक र सहायक प्रबन्धक पदमा १ जना, विभागिय प्रमुख पदमा असुली तथा जोखि ब्यवस्थापन विभागका लागि १ जना, विभागीय सहायक पदमा आन्तरिक लेखापरीक्षण विभागमा १ जना, विभागीय सहायकमा तालिम तथा सामाजिक विकास विभागका लागि १ जना र अनुगमन अधिकृतमा १ जनाको लागि कर्मचारीको माग गरेको हो ।
उक्त पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
गणपति लघुवित्त
गणपति लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय शुक्लागण्डकी–०४ दुलेगौंडा तनहुँले कर्मचारी माग गरेको छ । संस्थाले बरिष्ठ सहायक केहि संख्यामा माग गरेको हो ।
उक्त पदका लागि प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तिमा ३ वर्ष कार्य गरेको हुनुपर्नेछ । शाखा कार्यालयमा दोश्रो तहको जिम्मेवारीमा रहेर कार्य गरेको, दुर्ई पांङ्ग्रे सवारी साधनको लाइसेन्स र सवारी साधन भएकोलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ ।
साधना लघुवित्त
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले आन्तरिक लेखापरिक्षण विभाग अन्तर्गत अधिकृत र सहायक अधिकृतका लागि केही, कर्जा असुली विभागमा अधिकृत र सहायक अधिकृतका लागि केही, सुपरभाईजरमा वरिष्ठ सहायक, सहायकका लागि केही र व्यवस्थापन प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
उक्त पदहरुमा आवेदन दिनको लागि एसएलसी उर्तिणदेखि सम्बन्धित विषयमा मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट स्नातक तह उर्तिण गरेको हुनुपर्ने संस्थाले जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका नेपालनी नागरिकले संस्थाको वेवसाईट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
गणपति लघुवित्त
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले कर्जा असुली अधिकृतमा एक जना, शाखा प्रबन्धकका लागि केही र प्रशिक्षार्थी सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । उक्त पदहरुका लागि संस्थाले एसएलसी उर्तिण गरेको हुनुपर्ने छ तथा प्सस टु तह उर्तिण भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले मंसिर २७ गतेसम्म कम्पनीको वेबसाइट मार्फत दरखास्त दिन सकिने जनाएको छ ।
किसान लघुवित्त
किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) माग गरेको हो ।
कम्पनीले उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट आर्थिक, मौद्रिक, बैकिङ्ग, वित्तीय, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र,जस्ता विषयमा स्नाकोत्तर तह उर्तिण गरेको हुनुपर्ने जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्ने कम्पनीले जनाएको छ ।



