
बैंकिङ खबर/ वाणिज्य बैंकहरुबाट जलविद्युतमा हुने ऋण लगानी घटेको पाइएको छ । कुनै बेला करिब वित्तीय योगदान ८/१० प्रतिशत पुर्याएका बैंकहरुको लगानी अहिले घटेर ५/६ प्रतिशतमा आएको छ ।
नेपाल विद्युत प्राधिकरणले ऊर्जा खरीद सम्झौता (पीपीए) रोकेपछि ऋण लगानी घटेको हो । नेपाल राष्ट्र बैंकले अनिवार्य लगानीको क्षेत्रमा राखेको ऊर्जामा प्राधिकरणले लचकता नअपनाउने नीति लिएपछि नियमन पनि खुकुलो पारिएको छ ।
ऊर्जासँगै प्राथमिकताप्राप्त क्षेत्रमा हुने लगानीमा पनि गिरावट आएको छ । कृषि क्षेत्रको लगानी भने बढेको छ। यो क्षेत्रमा राष्ट्र बैंककै सहुलियतपूर्ण ऋणको योजना रहेको छ भने सरकारले पनि ब्याज अनुदान दिइरहेको छ । कृषि विकास बैंकले ऋणपत्रमार्फत लगानी गर्ने भएकाले सबैभन्दा बढी उसको योगदान देखिन्छ ।
