Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु इन्स्योरेन्स र पोखरा विश्वविद्यालयको संयुक्त आयोजनामा एक दिने सेमिनार

२०७९ मंसिर २४ गते

बैंकिङ खबर/प्रभु इन्स्योरेन्स लिमिटेड र स्टडी ग्रुप फर बैंकिङ्ग एण्ड इन्स्योेन्स, स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयको संयुक्त आयोजनामा “रोल अफ ननलाइफ इन्स्योरेन्स फर इकोनोमिक डेभलप्मेन्ट अफ नेपाल’ विषयमा एक दिने सेमिनार सम्पन्न भएको छ ।

पोखरामा सम्पन्न भएको उक्त सेमिनारमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य, दावी विभाग प्रमुख बत्सल ढकाल, ए.एम.एल.तथा जोखिम व्यवस्थापन विभाग प्रभुख गंगा प्रसाद रेग्मी, रिसोर्स पर्सन सैयम बज्राचार्य र बीमा सर्भेयर बुद्धि अधिकारीले निर्जीवन बीमा सम्वन्धी आ-आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसैगरी पोखरा विश्वविद्यालयको तर्फबाट फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडीका डिन डा.दयाराज ढकाल, स्कूल अफ बिजनेशका डाइरेक्टर प्राध्यापक श्रृजन ज्ञवाली तथा प्राध्यापक डा. रबिन्द्र घिमिरेले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्दैै यस किसिमको सेमिनारबाट विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुले निर्जीवन बीमा सम्वन्धी बिविध ज्ञान वृद्धि भई बीमा सम्वन्धी जनचेतना वेद्धि हुने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा बिबिए/बिआई तहमा अध्ययनरत एक सय पचास भन्दा बढि विद्यार्थीहरुको सहभागिता थियो ।