
बैंकिङ खबर/ विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीमा फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको नाम आएको छ । फोर्ब्सको रियल–टाइम धनाढ्यको सूचीअनुसार एलन मस्कलाई पछि पार्दै अर्बपति बर्नार्डले आफ्नो नाम अघि सारेका हुन्।
नेपाली समय अनुसार बिहीबार ५ बजेसम्म बर्नार्डको कुल सम्पति १८५.७ अर्ब डलर रहेको छ। मस्कको भने सम्पतिमा ३.८ अर्ब डलरको गिरावट देखिएको छ । उनको कुल सम्पति अहिले १८५.४ अर्ब डलर छ ।
७३ वर्षीय बर्नार्ड अर्नाल्ट चर्चित फेसन ब्रान्ड लुई भिटनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन्। ५१ वर्षीय मस्क टेस्ला र स्पेसएक्सका सिइओ हुन्। उनले हालै ट्विटर इंक पनि खरिद गरेर यसका सिइओ बनेका छन् ।
फोर्ब्सका अनुसार टेस्लाको सेयरमा गिरावट आउँदा मस्कको सम्पत्तिमा पनि गिरावट आइरहेको हो। अर्कातर्फ लुई भिटनको सेयर बढ्दा बर्नार्ड र उसको परिवारको सम्पत्ति बढिरहेको हो। सूचीको तेस्रो स्थानमा भारतका गौतम अदानी छन्। उनको कुल सम्पति १३४.८ अर्ब डलर रहेको छ।
एजेन्सी



