December 7th, 2022

लघुवित्तका शाखा प्रमुखसँग अन्तरक्रिया

बैंकिङ खबर/ फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. ज्ञानेश्वर काठमाडौंले आफ्ना साझेदार लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुखसँग एक दिवसीय अन्तरक्रिया कार्यक्रम भरतपुर, चितवनमा सम्पन्न गरेको छ ।

‘शाखा स्तरमा लघुवित्त कार्यक्रमको वर्तमान परिदृष्य’ विषयक उक्त अन्तरक्रियामा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.का ऋणी साझेदार संस्थाका ३६ जना शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो ।

उक्त अन्तरक्रियामा लघुवित्तका शाखा प्रबन्धकहरुले हाल लघुवित्तमा देखा परेका समस्याहरु र सो को समाधानका उपायहरुका बारेमा अन्तरक्रिया गरेका थिए ।

सहभागीहरुबाट प्रस्तुत गरिएका समस्या, बाध्यता र चुनौतिलाई सम्बोधन गर्दै कार्यक्रमको समापन गर्ने क्रममा फस्र्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेलले लघुवित्तमा अहिलेको प्रमुख समस्या अस्वस्थ्य प्रतिस्पर्धा र ध्येय÷मिसन भन्दा बाहिर गएर काम भएको बताउनुभएको थियो ।

उक्त कार्यक्रममा अतिथि वक्ता रुपमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लि.का .प्रमुख कार्यकारी अधिकृत प्रविण कुमार लामाले लघुवित्तमा काम गर्ने कर्मचारीले विपन्न घर परिवारका सदस्यलाई वित्तीय सल्लाहाकारको रुपमा सहयोग गर्नुपर्ने धारणा राख्नु भएको थियो ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]