
बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले समयमै वित्तीय विवरण पेश गर्न ध्यानाकर्षण गराएको छ । प्रचलित ऐन कानुनको हवाला दिँदै समयमै उक्त प्रक्रिया पुरा नगरे नियम कारवाही हुने भन्दै सचेत गराएको छ ।
“बीमा ऐन २०७९ को दफा ८७ बमोजिम बीमकले आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिना भित्र प्रचलित कानुन बमोजिम लेखा परीक्षण गराउनु पर्ने तथा दफा ८४(२) बमोजिम बीमकले प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण भएको वासलात र नाफा नोक्सान विवरण तयार गरी अर्को वर्षको ६ महिनाभित्र तोकिएको ढाँचामा पेस गर्नु पर्नेछ” प्राधिकरणले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । सो नियम अनुसार विवरण पेस नगरे ऐनको दफा १३८ आकर्षित हुने भन्दै सचेत समेत गराएको छ।


