
बैंकिङ खबर/अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा) ले बिहीबार सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध शान्तिपूर्ण धर्ना दिने भएको छ ।
नाडाले यसअघिको पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमअनुरुप धर्ना दिन लागेको हो। नाडाले काठमाण्डौका माइतीघर मण्डलामा बिहान ११ बजेबाट धर्ना कार्यक्रम सुरु गर्नेछ । धर्ना दिउँसो २ बजेसम्म दिइने नाडाले जनाएको छ ।