
बैंकिङ खबर/बीमा कम्पनीहरुले सर्वसाधरण सेयर(आईपीओ)जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिनुअघि नेपाल बीमा प्राधिकरणबाट अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने भएको छ ।
नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई आईपीओमा जानु अघि प्राधिकरणको सहमति अनिवार्य लिन निर्देशन दिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
सञ्चालनमा रहेका बीमा कम्पनीहरुमध्ये ५ वटा जीवन बीमा कम्पनीहरुले आईपीओ जारी गरेका छैनन् । सिटिजन लाइफ, रिलायबल लाइफ, आइएमई लाइफ, महालक्ष्मी लाइफ र सन नेपाल लाइफले आईपीओ ल्याउन बाँकी छ । ती मध्ये रिलायबल नेपाल लाइफले आईपीओ जारी गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । उनले रिलायबलले धितोपत्र बोर्डमा आवेदन दिनुअघि प्राधिकरणसँग सहमति माग गरेको उनको भनाइ ।
अब जीवन बीमा कम्पनीमध्ये ४ वटा कम्पनीले आईपीओ जारी जारी गर्न बाँकी छ । ती कम्पनीहरुले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिनुअघि प्राधिकरणको अनिवार्य स्वीकृति लिनुपर्ने उनको भनाइ छ ।