December 1st, 2022

बीमा प्राधिकरणले भन्यो, ‘करकापमा बीमा नगर्नु’

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई बीमितहरुलाई असहज हुने गरी दावी भुक्तानी नरोक्न निर्देशन दिएको छ । दावी भुक्तानीमा बीमितहरुलाई असहजता गराएको गुनासो आएकोमा प्राधिकरणले कम्पनीहरुलाई निर्देशन नमाने कारबाही गर्ने चेतावनी समेत दिएको छ।

बीमितलाई असहज हुने गरी दाबी भुक्तानी भएको पाइएमा बीमा ऐन, २०७९ बमोजिम कारबाही गर्ने प्राधिकरणले बीमा कम्पनीहरुलाई चेतावनी दिएको छ । वैदेशिक रोजगार (म्यादी) जीवन बीमाको दाबी भुक्तानी गर्दा बीमितको हकवाला परिवारको करकापमा बीमा गराउने र परिवारका सदस्यहरुको बीमा गरे पश्चात मात्र दाबी भुक्तानी दिने गरेको भन्ने गुनासो प्राप्त भएको प्राधिकरणले जनाएको छ । साथै बीमितले बीमा गरेवापतको क्षतिपूर्ति रकम सरल तरिकाले भुक्तानी नगर्दा बीमितलाई पर्न गएको असुविधा र बीमा प्रतिको विश्वसनीयता पर्न जाने प्रतिकुल असर सम्बन्धमा बीमा प्राधिकरणले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

दाबी भुक्तानी गर्दा हकवालालाई करकापमा पारि परिवारका सदस्यको बीमा गराउने र परिवारका सदस्यहरुको बीमा गरेपछि मात्रै दाबी भुक्तानी दिने गुनासा आएपछि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलले प्राधिकरणलाई पत्राचार गरेको थियो ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]