
बैंकिङ खबर/अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको स्पष्ट पार्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्रमा संकट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हो”, उनले भने, “यद्यपि केही चुनौती छन् त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान गर्नुपर्छ ।’
अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकांक राम्रो हुँदै गएको उहाँले बताउनुभयो । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उहाँको भनाइ छ ।