Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लुघवित्तहरुका निष्क्रिय कर्जा बढ्दो, कुनको कति ?

२०७९ मंसिर १५ गते

बैंकिङ खबर/ पछिल्लो समय लघुवित्त वित्तीय संस्थाका निष्क्रिय कर्जा बढ्दै गएको पाइएको छ । लघुवित्त संस्थाहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार झण्डै आठ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ । सोअनुसार सबैभन्दा बढी निष्क्रिय कर्जा वीन लघुवित्त वित्तीय संस्थामा देखिएको छ भने फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा निष्क्रिय कर्जाको अनुपात शून्य देखिएको छ ।

विवरणअनुसार चालू आवको पहिलो त्रैमासमा वीन लघुवित्त वित्तीय संस्थामा सात दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय देखिँदा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा पनि सात दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

यसैगरी युनिक, सामुदायिक र एनएमबी लघुवित्त वित्तीय संस्थामा पनि पछिल्लो अवधिमा क्रमशः पाँच दशमलव ७०, पाँच दशमलव ६२ र पाँच दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । आरम्भ चौतारी, नेरुडे, ग्रामिण विकास, आशा र मिथिला लघुवित्त वित्तीय संस्थाहरूमा भने क्रमशः चार दशमलव ९५, चार दशमलव ९३, चार दशमलव ८१, चार दशमलव ६५ र चार दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

लक्ष्मी, सर्पोट, विजय, उन्नती सहकार्य र इन्फिनिटी लघुवित्त वित्तीय संस्थामा भने पछिल्लो अवधिमा क्रमशः चार दशमलव ४४, चार दशमलव ६६, चार दशमलव ९७, चार दशमलव ६१ र चार दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

मानुषी, नाडेप, नेस्डो समृद्ध, किसान र जनउत्थान लघुवित्त वित्तीय संस्थामा क्रमशः चार दशमलव शून्य दुई, चार दशमलव ९७, चार दशमलव ४१, चार दशमलव ९८ र चार दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

मेरो माइक्रो, अभियान, आँधीखोला र किसान लघुवित्त वित्तीय संस्थामा पनि क्रमशः चार दशमलव ८९ प्रतिशत, चार दशमलव ९१ प्रतिशत, चार दशमलव ८७ र चार दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

एनआईसी एसिया, मिर्मिरे, डिप्रोक्स, कालिका र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थामा पनि चालू आवको पछिल्लो अवधिमा क्रमशः तीन दशमलव ८१, तीन दशमलव ४७, तीन दशमलव ६८, तीन दशमलव ३७ र तीन दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

नयाँ सारथी, स्वावलम्वन, समता र गुराँस लघुवित्त वित्तीय संस्थामा भने क्रमशः तीन दशमलव ८३, तीन दशमलव ९०, तीन दशमलव ४१ र तीन दशमलव नौ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

यसैगरी सबैको लघुवित्त र जाल्पा लघुवित्त वित्तीय संस्थामा पनि क्रमशः तीन दशमलव २६ र तीन दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । साधना, समिट, सिर्जनशील, फरवार्ड र नेशनल माइक्रोफाइनान्सल लघुवित्त वित्तीय संस्थामा भने चालू आवको पछिल्लो अवधिमा क्रमशः दुई दशमलव ९९, दुई दशमलव २५, दुई दशमलव १० र दुई दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

नेशनल माइक्रोफाइनान्स, ग्लोबल आईएमई, गणपती, सिभिल र महुली लघुवित्त वित्तीय संस्थामा पनि क्रमशः दुई दशमलव ९५, दुई दशमलव ७३, दुई दशमलव १९, दुई दशमलव ६० र दुई दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

स्वरोजगार, महिला, सीवाईसी, उपकार र खप्तड लघुवित्त वित्तीय संस्थाहरूमा पनि क्रमशः दुई दशमलव ७५, दुई दशमलव ७७, दुई दशमलव ८७, दुई दशमलव ७९ र दुई दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेका छन् ।

चालू आवको पहिलो त्रैमासिक अवधिमा राष्ट्र उत्थान, आदर्श, स्वाभिमान र जीवन विकास लघुवित्त वित्तीय संस्थाहरूमा भने क्रमशः एक दशमलव ४३, एक दशमलव ४७, एक दशमलव २७ र एक दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यीबाहेकका आरएसडिसी, आरएमडीसी र साना किसान लघुवित्त वित्तीय संस्थाहरूमा भने निष्क्रिय कर्जाको अनुपात क्रमशः शून्य दशमलव ६०, शून्य दशमलव शून्य सात र शून्य दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । छिमेक लघुवित्त र र किसान लघुवित्त वित्तीय संस्थामा पनि निष्क्रिय कर्जाको अनुपात क्रमश शून्य दशमलव ८१ र शून्य दशमलव ७५ प्रतिशत रहेको छ ।