Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

हिमालयन रिको नायब प्रमुख कार्यकारी अधिकृतमा उपासना नियुक्त

२०७९ मंसिर १३ गते

बैंकिङ खबर/हिमालयन रि इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छन् । बीमा क्षेत्रकै पहिलो र एक मात्रै महिला सिइओको उपाधी पाएकी पौडेलले ७ अर्बको दोस्रो पुनर्बीमा कम्पनीको उच्च व्यवस्थापनमा रहेर काम गर्ने अवसर प्राप्त गरेकी छिन् ।

करिअरको छोटो समयमै नेपालको बीमा क्षेत्रमा स्थापित पौडेलको युनाइटेड इन्स्योरेन्स कम्पनीको सिइओ पछिको यो अर्को ठुलो सफलता हो । उनि पदका हिसावले एक तह तल झरेर हिमालयन रि इन्स्योरेन्स कम्पनीमा नियुक्त भए पनि युनाइटेडको तुलनामा हिमालयन रि इन्स्योरेन्स कम्पनी धेरै ठुलो कम्पनी हो ।

हिमालयन रि इन्स्योरेन्स कम्पनीमा हाल बीमा क्षेत्रमा चार दशक भन्दा लामो अनुभव भएका भारतीय मुलका चन्द्रशेखरन रामामुर्थी प्रमुख कार्यकारी अधिकृत छन् । युनाइटेडबाट उपसना कार्तिक अन्तिम साता बाहिरिएकी थिइन् ।