Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

पुनर्बीमाका अध्यक्ष घिमिरेले दिए राजीनामा

२०७९ मंसिर १३ गते

बैंकिङ खबर/नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष रविन्द्र घिमिरेले राजीनामा दिनुभएको छ । नेपाल बीमा प्राधिकरणले निर्देशनको अवज्ञा गरेको भन्दै अध्यक्ष घिमिरेलाई कारबाही गर्ने तयारी गरेको थियो । घिमिरेले भने कारबाही हुनु भन्दा अगावै पदबाट राजीनामा दिनुभएको हो ।

कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा नेपाल बीमा प्राधिकरणले दिएको निर्देशनको विरुद्धमा अध्यक्ष घिमिरेले सञ्चालक समितिबाटै निर्णय गर्नुभएको थियो । यसरी सञ्चालक समितिबाटै कोरोना बीमाको दाबी भुक्तानी गर्न नसकिने भन्दै निर्णय गरे पछि प्राधिकरणले स्पष्टिकरण माग गरेको गरेको थियो । अध्यक्ष घिमिरेले चित्त बुझ्दो जवाफ नदिए पछि प्राधिकरणले उनलाई कारबाही गर्ने समेत तयारी गरेको थियो ।

यहि विषयलाई लिएर अर्थमन्त्री तथा अर्थ सचिव दुबै जना घिमिरे प्रति रुष्ट भएका थिए । उनीहरुले समेत घिमिरेलाई सरकारको निर्णय किन कार्यान्वयन नगरेको भन्दै स्पष्टिकरण सोधेका थिए । चौतर्फी दवाव पछि घिमिरेले राजीनामा दिनुभएको हो ।

नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम नेपाल बीमक संघले पुल मार्फत आजदेखि कोरोना बीमाको दाबी भुक्तानी गर्दै छ । संघले नेपाल पुनर्बीमाको दायित्व अन्तर्गतको २१ करोड २१ लाख बाहेक अन्य रकम आजदेखिनै वितरण गर्दैछ ।