Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु इन्स्योरेन्सको सञ्चालकमा महेश खनाल नियुक्त

२०७९ मंसिर १२ गते

बैंकिङ खबर/ प्रभु इन्स्योरेन्सको सञ्चालकमा महेश प्रसाद खनाल चयन हुनुभएको छ । मंसिर ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खनाललाई सञ्चालक समितिमा चयन गरेको हो ।

कम्पनीका संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषले खनाललाई प्रतिनिधि मनोनित गरि प्रभु इन्स्योरेन्समा पठाएको हो । यससँगै, नवनियुक्त सञ्चालक खनालले कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्नुहुनेछ । खनाल कोषका कार्यवाहक प्रमुख प्रबन्धक हुनुहुन्छ । यसअघि उक्त कोषबाट राजेन्द्र शाक्यले प्रतिनिधित्व गर्दै आउनुभएको थियो ।