November 27th, 2022

सात कम्पनीलाई लघुबीमाको लाइसेन्स

बैंकिङ खबर/ बीमा प्राधिकरणले लघु बीमाका लागि ७ कम्पनीलाई लाइसेन्स दिएको छ । प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ ३ वटा लाई र निर्जीवन बीमा व्यवसायतर्फ ४ वटा कम्पनीलाई गरी कुल ७ कम्पनीलाई लघु बीमाको लाइसेन्स दिएको छ ।

प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सलाई लघु बीमाको लाइसेन्स दिएको हो भने निर्जीवन बीमा व्यवसायतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई लघु बीमाको लाइसेन्स दिएको हो ।

बीमा प्राधिकरणले भदौ १० गतेदेखि असोज १३ गतेसम्म लघु बीमा कम्पनीका लागि प्रस्ताव आह्वान गरेको थियो । समितिले आह्वान गरेको प्रस्तावमा ३१ वटाले निवेदन दिएका थिए ।

प्राधिकरणले आवेदकको शेयरधनीहरुको विवरण, व्यवसायिक योजना, प्रवन्धपत्र नियमावलीलाई अध्ययन गरी आवेदन दिएका ३१ आवेदन मध्येबाट तीन वटालाई लघु जीवन बीमा कम्पनी र चार वटालाई लघु निर्जीवन बीमा कम्पनीको लाइसेन्स दिएको हो ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]