November 26th, 2022

नेशनल लाइफको अभिकर्ता  प्रशिक्षण कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको डडेलधुरा मा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको डडेलधुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको  थियो । 

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भै बीमा ब्यबसाय गर्दै आउनु भएका अभिकर्ताहरुलाई अझ बढी ब्यवसायिक बनाउँदै उहाँहरुको जीवनस्तर मा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको ब्यवसाय समेत प्रवर्द्धन गर्दै लैजाने नीति अनुरुप  कम्पनीले यस प्रकारको कार्यक्रमहरु सुदुर पश्चिम प्रदेशबाट  सम्पन्न गर्दै आइरहेको र सोही क्रममा मङ्सिर ७ गते महेन्द्रनगरमा ८ गते धनगढी मा र आज मङ्सिर ९ गते डडेलधुरामा  यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कम्पनीका मार्केटिङ बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण   दिनुभएको थियो ।  कार्यक्रममा उत्कृष्ट ब्यबसाय गरि डडेलधुरा शाखाबाट चेयरपर्सन क्लबमा छनौट हुनुभएका अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले  सम्मान पत्रबाट सम्मान गर्नुभएको थियोे । 

कम्पनीको डडेल्धुरा शाखा प्रमुख कृष्ण दत्त पन्तको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]