Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कुमारी र एनसीसी बैंकले डाके विशेष साधारण सभाः मर्जरलाई अन्तिम स्वीकृती दिइने

२०७९ मंसिर ९ गते

बैंकिङ खबर/कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले मर्जरलाई अन्तिम स्वीकृती दिन विशेष साधारण सभा डाकेको छ। यी दुबै बैंकहरुले मंसिर २५ गते सभा डाकेका हुन्।

कुमारी बैंकको विशेष साधारण सभा बैंकको नक्साल कार्यालयमा दिउँसो १ बजे सुरु हुनेछ भने एनसीसीको अनमोल ब्याङ्क्वेट, शंखमुलमा दिउसो १ बजे शुरु हुनेछ।  दुबै बैंकको सभाले कुमारी बैंक र एनसीसी बैंक एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा गरिएको अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने, मूल्याङ्कनकर्ताबाट प्राप्त डिडिएको आधारमा निर्धारण गरिएको शेयर स्वाप रेशियो १ः१ स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। साधारण सभा प्रयोजनार्थ यी दुबै बैंकले मंसिर १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

Ad