November 24th, 2022

उत्कृष्ट करदाताको रुपमा साधना लघुवित्तलाई सम्मान

बैंकिङ खबर/साधना लघुवित्त वित्तीय संस्था लि.ले उत्कृष्ट करदाताको रुपमा सम्मान पत्र प्राप्त गरेको छ । आन्तरकि राजस्व कार्यालय कार्यालय, दमौलीले गोरखा जिल्लाबाट आ.व.२०७७।०७८ मा सबै भन्दा बढी कर दाखिला गर्नु भएकोले राष्ट्रिय कर दिवस २०७९ को शुभ अवसरमा आन्तरिक राजस्व कार्यालय दमौलीले बित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेलाई सम्मान–पत्र प्रदान गरेको छ ।

वित्तीय संस्थाले आ.व. २०७७।०७८ मा कुल जम्मा रु ५ करोड ३३ लाख ४१ हजार ८ सय ९१ रुपैया कर दाखिला गरेको थियो । गोरखा जिल्लाको सदरमुकाममा केन्द्रीय कार्यालय भएको नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त “घ” वर्गको राष्ट्रिय स्तर कार्य क्षेत्र भएको लघुवित्त वित्तीय संस्था हो ।

वित्तीय संस्थाले ५ प्रदेशका ३१ जिल्लामा ९३ वटा शाखा कार्यालयबाट बचत,कर्जा विमा,तालिम तथा विप्रेशण लगाएतका वित्तीय सेवाहरु प्रत्यक्ष रुपमा प्रदान गरिरहेको छ । हाल वित्तीय संस्थाको चुक्ता पुँजी रु ३२,१२,२५००० रहेको छ भने अधिकृत पुँजी ५० करोड रुपैया रहेको छ । कार्तिकसम्म वित्तीय संस्थाले करिब १,०३,००० सदस्य मार्फत रु १ अर्ब ३५ करोड बचत संकलन गरी ५९००० ऋणी सदस्यलाई रु ५ अर्ब ५० करोड कर्जा लगानी गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]