November 21st, 2022

साधना लघुवित्त ६ औँ वर्षमा

बैंकिङ खबर/साधना लघुवित्त वित्तीय संस्था लि. ले आफ्नो स्थापनाको ५ औँ वर्ष पुरा गरी ६ औँ वर्षमा प्रवेश गरेको छ ।
पाचौँ वर्ष पूरा भई छैठो वर्षको प्रवेशको शुभ अवसरमा वित्तीय संस्थाले गोरखा जिल्लाको सदरमुकाम गोरखास्थित होटल सत्यममा संचालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा एक औपचारिक कार्यक्रम संचालन गरी ६ औँ वार्षिकोत्सव कार्यक्रम धुमधामले मनाएको छ ।

कार्यक्रममा वित्तीय संस्थाको संस्थापक शेयरधनी,कर्मचारीहरु, विभिन्न बैंक तथा वित्तीय संस्थाको कर्मचारी र पत्राकार गरि लगभग ८० जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले अतिथिहरुलाई स्वागत गर्दै हालसम्म वित्तीय संस्थाको उपलब्धी तथा भावी रणनीतिको बारेमा समेत चर्चा गर्नु भएको थियो । कार्यक्रममा संचालक समितिका अध्यक्ष कृष्णबहादुर थापाले आफ्नो मन्तवयमा वित्तीय संस्थाले गरेको उपलब्धीको श्रेय कर्मचारीहरुलाई रहेको तथा समय सापेक्ष थप सजगभ भई वित्तीय संस्थालाई लघुवित्त संस्थाहरु मध्ये एक नमुना लघुवित्त संस्था बनाउनको लागि जोड दिन अनुरोध गर्दै उपस्थित संस्थापक शेयरधनी, कर्मचारी एवं महानुभावहरुलाई संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले ५ प्रदेशका ३१ जिल्लामा ९३ वटा शाखा कार्यालयबाट बचत,कर्जा बीमा,तालिम तथा विप्रेषण लगायतका वित्तीय तथा गैह्र वित्तीय सेवाहरु प्रत्यक्ष रुपमा प्रदान गरिरहेको छ । स्थानीय स्तरमा रोजगारीको सिर्जना गर्दै लघुउद्यम व्यवसायको प्रवद्र्धन, विस्तार र सवलीकरण,ग्राहक सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरण, महिला सशक्तिकरण,वित्तीय साक्षरताको विस्तारमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

वित्तीय संस्थाको चुक्ता पुँजी रु ३२,१२,२५००० रहेको छ भने अधिकृत पुँजी ५० करोड रुपैयाँ रहेको छ । चालु आ.ब २०७९ / ०८० को कात्तिक मसान्तसम्म करिब १,०३,००० सदस्यमार्फत रु.१ अर्ब ३५ करोड बचत संकलन गरी ५९००० ऋणी सदस्यलाई रु ५ अर्ब ५० करोड कर्जा लगानी गरी लघुउद्यम व्यवसायको प्रवद्र्धन संगै आर्थिक रुपान्तरण र उद्यमशीलताको विकास गरी आबद्ध ग्राहक सदस्यको जिबनस्तरमा सकारात्मक परिबर्तन गर्दे आएको छ ।

भौगोलिक विकटता, गरिबी, बेरोजगारी समस्या समाधानका लागी लघुउद्यम व्यवसायको विस्तार मार्फत समुन्नत, सुदृढ र समुन्नत समाज सिर्जना गर्ने उद्देश्यले वि.स.२०७४ मंसिर ३ मा समृद्धिमा सँगसँगै भन्ने मूल नाराका साथ स्थापित यस वित्तीय संस्थाले सरल र सुलभदरको कर्जा वितरणले लघुउद्यम व्यव्सायको प्रवद्र्धन गर्न सहज हने, स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना हुने,उत्पादन वृद्धि हने जसको प्रत्यक्ष प्रभाव सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा देखिने वित्तीय सेवा आगामी दिनमा थप आर्थिक क्रियाकलाप गर्न र एक घर एक उद्यमी बनाउने अभियान शुरु गर्ने कुरा संस्थाको प्रमुख कार्यकारी अधिकृतले जनाएको छ ।

वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत विविध सामाजिक कार्यहरु पनि वित्तीय संस्थाको स्थापनाकाल देखी नै अनवरत रुपमा गर्दे आइरहेको छ ।  वित्तीय संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय ज्ञान, सीप, कला कौशल वृद्धि गरी चेतनाको स्तर वृद्धि गर्न, समुदायमा ज्ञानको ज्योती छरी वित्तीय कारोबार प्रति सजग बनाउन र डिजिटल बैंकिङको अवधारण ग्राहक सदस्यमा बुझाउन साथै उद्यमशिलताको लागी वित्तीय साक्षरता भन्ने मूलमन्त्रका साथ हरेक वर्ष विविध शाखा कार्यालयहरु मार्फत वित्तीय साक्षरता अभियान, विभिन्न सामाजिक संस्थाहरुलाई खाद्यान्न सहयोग, सरकारी तथा गैहसरकारी कार्यालयहरुलाई युरो गार्ड फिल्टर, कुर्सी वितरण, विद्यालय तथा बिभिन्न संस्थाहरुलाई आर्थिक सहयोग साथै स्बास्थ्य सामग्रीको वितरण गरी संस्थागत सामाजिक उत्तरदायित्व बहन गरिरहेको साथै भविष्यमा पनि यी कार्यहरुलाई निरन्तरता दिने,समाज परिवेश सुहाउँदो वित्तीय तथा गैर वित्तीय सेवाहरु प्रदान गरी वित्तीय संस्थालाई थप सबल सक्षम र विस्तारित गर्ने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिनुभयो । साथै हाल सम्मको साथ सहयोग, आत्मियता र अविछन्न विश्वासका लागि सम्पूर्ण ग्राहक सदस्य, शेयरधनी,नियमनकारी निकाय, सञचार माध्यम र कर्मचारीहरुमा हार्दिक धन्यवाद तथा कृतज्ञता समेत व्यक्त गरिएको छ ।

वित्तीय संस्थाले आफ्ना ग्राहकको सन्तुष्टीलाई मध्यनजर गर्दे विविध किसिमका सामाजिक सुरक्षाका कार्यक्रमहरु समेत सञ्चालन गर्दे संस्थामा आवद्ध हरेक सदस्यको सुखमा अनि दुःखमा हातेमालो गर्दे अघी बढेको यस वित्तीय संस्थाले सुत्केरी स्याहार खर्च , अस्पताल उपचार गरेको सदस्यलाई, उपचार खर्च, वित्तीय संस्थामा आबद्द भई कर्जा कारोवार गरेका तर विविध कारणले मूत्यु भएका ग्राहक सदस्यहरुको आश्रित परिवारका लागी तिर्न बाँकी कर्जा मिनाहा, तिरेको साँवा रकम फिर्ता तथा कर्जा रकमको २० प्रतिशतले हुन आउने रकम काजक्रिया खर्च, सदस्यको एकाघरको अभिभाबक वा श्रीमान्को मुत्युमा कर्जा रकम मिनाहासम्म काजक्रिया खर्च, कर्जा कारोवार नगरेका सदस्यहरुको लागी समेत काजक्रिया खर्च, बाढि,पहिरो,भुकम्प तथा आगलागी जस्ता प्राकृतिक प्रकोपका कारण सदस्यको आवास तथा सञ्चाति परियोजनामा भएको क्षतिको पुर्नस्थापना खर्च र सावर्जनिक विद्यालयबाट एस.ई.ई परीक्षामा सर्वाेउत्कृष्ठ अंक ल्याउने ग्राहक सदस्यका छोरा/छोरीलाई नगद छात्रवृत्ति पुरस्कार प्रदान गर्दे आइरहेको आगामी दिनमा समेत थप समाजिक सुरक्षाका कार्यक्रमहरु ल्याइने कार्यकारी अधिकृत न्यौपानेले जानकारी गराउनुभयो ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]