Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विदेशी मुद्राको सञ्चिति १३ करोड डलरले बढ्यो

२०७९ कार्तिक ३० गते

बैंकिङ खबर/चालु आर्थिक वर्षको तीन महिनामा विदेशी मुद्राको सञ्चिति १३ करोड डलरले बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार भदौंभन्दा असोजमा विदेशी मुद्राको सञ्चिति बढेको हो ।

भदौ मसान्तमा ९ अर्ब ३५ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति असोज मसान्तमा ९ अर्ब ४८ करोड डलर पुगेको हो । साउन मसान्तमा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ४२ करोड डलर थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा २ अर्ब १९ करोड डलर रेमिट्यान्स आएपछि विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको हो । यो वर्ष असोजमा गत वर्षभन्दा ७.९ प्रतिशत बढी रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ । यो वर्षको तीन महिनामा गत वर्ष भन्दा आयात घटेकाले विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको हो ।