Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विदेशी लगानी भित्र्याउन न्यूनतम सीमा २ करोड

२०७९ कार्तिक २९ गते

बैंकिङ खबर/ सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ । गत २८ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको थियो । जुन निर्णय सोमबार रापपत्रमा प्रकाशित भएको हो ।

अब नेपालमा प्रत्यक्ष विदेशी लगानी ल्याउन चाहनेले न्यूनतम २ करोड रुपैयाँदेखि माथि लगानी भित्र्याउन पाउने छन् । यसअघि यस्तो न्यूनतम सीमा ५ करोड रुपैयाँ थियो । राजत्रपत्रअनुसार इनभेष्टमेन्ट कम्पनीमार्फत लगानी नेपालमा विदेशी लगानी भित्र्याउन चाहने गैरआवासिय नेपाली (एनआरएन)का हकमा भने यस्तो सीमा नलाग्ने व्यवस्था गरिएको छ ।

१५ जेठ २०७६ देखि सरकारले प्रत्यक्ष विदेशी लगानीको सीमा बढाएर ५ करोड पुर्‍याएको थियो । साना विदेशी लगानीलाई आर्कषित गर्न लगानीको न्यूनतम सीमा घटाउने निर्णय गरिएको सरकारको दावी छ ।

Ad