Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

टक्सारमा डिजिटल भुक्तानीको सुरुवात

२०७९ कार्तिक २४ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले टक्सार महाशाखाबाट सुन–चाँदीका सिक्का किन्दा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । डिजिटल कारोबारलाई बढावा दिँदै आएको राष्ट्र बैंकले टक्सार महाशाखामा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात गरेको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत रहेको टक्सार महाशाबाट कात्तिक २३ गतेबाट सुनको असर्फी, चाँदीको मेडालियन-स्मारिका सिक्काहरु खरिद तथा रु. १ र २ का सिक्काहरु सहटी गर्दा क्यूआर कोडमार्फत पनि भुक्तानी गर्ने व्यवस्था सञ्चालन गरिएको राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।