Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

अभिकर्ताहरुले एक बीमा कम्पनीमा मात्रै काम गर्न पाउने

२०७९ कार्तिक २३ गते

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुलाई कुनै एक बीमा कम्पनीमा मात्रै काम गर्न पाउने व्यवस्था गरेको छ ।

बीमा ऐन २०७९ को दफा ९१ को उपदफा ७ बमोजिम बीमा अभिकर्ताको इजाजतपत्र दिदाँ समान किसिमको एउटा मात्र बीमा कम्पनीको अभिकर्ता लाइसेन्स दिने भन्ने व्यवस्था छ ।

सोहि व्यवस्था अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिदै प्राधिकरणले कुनै पनि बीमा कम्पनीमा आवद्ध बीमा अभिकर्ताहरुलाई स्वेच्छिक छनौट गराई कुनै एक बीमा कम्पनीको अभिकर्ता भई कार्य गराउन निर्देशन दिएको हो ।