Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा समिति अब ‘नेपाल बीमा प्राधिकरण’

२०७९ कार्तिक २२ गते

बैंकिङ खबर/ बीमा समितिले मंगलबारदेखि ‘नेपाल बीमा प्राधिकरण’का रुपमा काम थालेको छ । बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति औपचारिक रुपमा मंगलबारदेखि बीमा प्राधिकरणमा रूपान्तरण भएको हो ।

बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियोे । राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा समिति प्राधिकरण बनेको हो ।

समितिमा एक कार्यक्रमका बीच समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा गरिंदैछ । बिमा समितिले गर्दै आएका काम अब प्राधिकरणमार्फत हुनेछन् । बीमा प्राधिकरणको आज औपचारिक उद्घाटन हुँदैछ । यस सँगै पुरानो बीमा ऐन आजदेखि खारेज भइ नयाँ ऐनमा भएका व्यवस्था लागु हुनेछ । ऐनले बीमा समितिको संरचनालाई बीमा प्राधिकरणको संरचना हुने भनिदिएको हुँदा यो संरचनाले आफ्नो कार्यअवधिभर काम गर्न पाउने छन् । त्यस पछि ऐनमा लेखिए अनुसारको संरचना हुनु पर्नेछ ।

ऐनले विभिन्न बीमा कोषको व्यवस्था गरिदिएको छ । ति कोषबाट बीमा हितका लागि काम गर्न सकिनेछ । नियमन शुल्कलाई घटाइएको छ । एउटा अभिकर्ताले एउटा मात्रै बीमा कम्पनीको लाइसेन्स लिन पाउने छन् । अभिकर्ताको योग्यतालाई ऐनमा उल्लेख नगरिए पनि उनिहरुलाई नियमन गर्न विभिन्न व्यवस्था राखिएको छ ।

बीमा समितिको अध्यक्षको नियुक्ति, योग्यता तथा काम कर्तव्य अधिकारीलाई प्रष्ट सँग खुलाइएको छ । बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकका विषयमा पनि धेरै व्यवस्था छन् । यो ऐनले बीमा कम्पनीका व्यवसायिको दवावमा कुनै पनि कम्पनीको सञ्चालक तथा अध्यक्ष अनवरण अध्यक्ष तथा सञ्चालक बनिरहने व्यवस्था गरिदिएको छ ।

नयाँ ऐन कार्यान्वयन भए सँगै हिजोका दिनमा बीमा समितिले जारी गरेका कयौँ निर्देशिका अर्थहिन भएका छन् । ति निर्देशिका ऐनको व्यवस्था भन्दा फरक परिसकेका छन् । अव नेपाल बीमा प्राधिकरणले ति सबै निर्देशिका ऐन मुताविक संशोधन गर्नु पर्ने भएको छ ।

बीमा ऐन २०४९ हुँदा बीमा समिति नियमनमा जति चुक्यो अवका दिनमा बीमा प्राधिकरण चुक्नु हुँदैन । प्राधिकरण जति शक्तिशाली भएको छ नियमन पनि त्यति नै शक्तिशाली र शशक्त हुनु पर्ने देखिन्छ । प्राधिकरणले जति नियमनमा फड्को मार्न सक्छ नेपालको बीमा उद्योगले पनि त्यति नै फड्को मार्न सक्नेछ ।