Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

ग्लोबल आइएमई लघुवित्तः नाफामा ५८.१५%को गिरावट, रिजर्भमा सामान्य बढोत्तरी

२०७९ कार्तिक २१ गते

बैंकिङ खबर/ ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा संस्थाले २ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८.१५ प्रतिशतले कमी हो । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ५८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ९ करोड १२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ३ करोड ८३ लाख रुपैयाँ भएको छ ।

पहिलो त्रैमासमा संस्थाले १३ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १५ करोड ८७ लाख रुपैयाँ भएको थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि १३.८३ प्रतिशतले ओरालो लागेको छ ।

चुक्तापुँजी ५५ करोड २५ लाख रुपैयाँ संस्थाको रिजर्भको आकार ५.११ प्रतिशतले बढेर ५४ करोड ८२ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा ५२ करोड १६ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा संस्थाले ३ अर्ब ५ करोड रुपैयाँ सापटी लिई ८ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

पहिलो त्रैमासमा संस्थाको एनपीएल बढेर २.७३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल २.५७ प्रतिशतमा सीमित थियो । वार्षिकीकृत संस्थाको ईपीएस ६७.२५ प्रतिशतले घटेर १९.३६ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष ईपीएस ५९.१२ रुपैयाँ थियो । पीई रेसियो ६०.१८ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १९९.२२ रुपैयाँ रहेको छ ।