Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनआइसी एशिया बैंकमा खुल्यो रोजगारीः यसरी दिनुहोस् आवेदन

२०७९ कार्तिक २० गते

बैंकिङ खबर/ एनआइसी एशिया बैंकले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले डाटा साइन्टिस्ट, बिजनेस एनलाइस्ट, डाटा भिजुलाइजेशन एण्ड रिर्पोट डेभलोपर, डाटा इन्जिनियर, डाटा प्लेटफर्म एडमिनिस्ट्रेटर लगायतको पदमा कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले यी विभिन्न पदका लागि जुनियर अफिसरदेखि सिनियर अफिसरसम्मका लागि कर्मचारीको माग गरेको जनाएको छ । बैंकले काठमाडौं उपत्यकाका लागि उल्लेखित कर्मचारकिो माग गरेको हो । बैंकले सो पदहरुका लागि स्नाकोत्तर तह उर्तिण गरी ५ वर्षे अनुभव तथा स्नातक तह उत्तीर्ण भई १० वर्षे अनुभव भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले बैंकले उपलब्ध गराएको क्युआर स्यान गरी मंसिर ४ गतेभित्र दरखास्त दिन सक्नेछन् ।