Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

छिमेक लघुवित्तको खुद नाफा बढ्यो

२०७९ कार्तिक २० गते

बैंकिङ खबर/ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद नाफा ५३.७१ प्रतिशत बढेर ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २१ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि लघुवित्तको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३८.६२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २९.८५ प्रतिशत बढेको छ। लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड २२ लाख रुपैयाँबाट घटेर २ करोड ४९ लाख रुपैयाँमा झरेसँगै सञ्चालन मुनाफा ५२.७४ प्रतिशत बढेको छ ।

नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ८४ पैसा बढेर ५६ रुपैयाँमा ६४ पैसा पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १७.३९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७० रुपैयाँ ३० पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष १०.४४ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको निक्षेप तथा सापटी ४.७८ प्रतिशत र कर्जा २.१५ प्रतिशत बढेको छ।