Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

उच्च ब्याजदर वृद्धिविरुद्ध आन्दोलनमा उद्योग वाणिज्य संघ

२०७९ कार्तिक १७ गते

बैंकिङ खबर/नेपाल उद्योग वाणिज्य संघले उच्च ब्याजदर वृद्धि विरुद्ध विरोध कार्यक्रम गर्ने भएको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले शुक्रबार माइतिघर मण्डलामा शान्तिपूर्ण मौन विरोध कार्यक्रम आह्वान गर्नुभएको छ ।

वर्तमान अवस्थामा बैंक तथा वित्तीय क्षेत्रमा भएका अनुपयुक्त कदमहरु तथा बैंक तथा वित्तीय संस्थाले उद्योगी व्यवसायीले धान्नै नसक्ने ब्याज बृद्धि गरेको तथा अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्ने गतिविधि विरुद्ध राज्यलाई सचेत गराउन भन्दै विरोध कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ ।

संघले नियामक निकायबाट अनुपयुक्त कदमहरु चाँडो सम्बोधन होस भनि ध्यानाकर्षण गराउन उपत्यका भित्रका सबै जिल्ला नगर उद्योग वाणिज्य संघहरु तथा बस्तुगत संघहरुको आह्वानमा विरोध कार्यक्रम गर्न लागिएको जनाइएको छ ।शुक्रबार विहान ११ बजेदेखि १२ बजेसम्म माइतिघरमा मौन विरोध कार्यक्रम गर्न लागिएको हो ।