Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सुस्तायो घरजग्गा कारोबार

२०७९ कार्तिक १६ गते

बैंकिङ खबर/ घरजग्गा कारोबारमा सुस्ताएको छ । गत वर्षको असोज महिनाको तुलनामा यो असोज महिनामा ६४.९५ प्रतिशतले राजश्व घटेको छ । राजश्व घट्नुले कारोबारमा मन्दी आएको संकेत गर्दछ । गत वर्षको असोज महिनामा देशभरको घरजग्गा कारोबारबाट ७ अर्ब ३३ करोड २१ लाख रुपैयाँ राजश्व संकलन भएकोमा यो असोज महिनामा २ अर्ब ५६ करोड ९३ लाख रुपैयाँ राजश्व उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागका अनुसार यो असोजमा ७४ हजार ८५० वटा घरजग्गा कारोबार भएको छ । जुन गत असोजको तुलनामा कम हो । गत असोजमा १ लाख ६८ हजार ६०९ वटा घरजग्गा कारोबार भएको थियो । असोजमा सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट भएको विभागको तथ्यांक छ ।

इनरुवाबाट ११४९ वटा घरजग्गा कारोबार हुँदा भूमि सुधार तथा मालपोत कार्यालय नेपालगञ्ज, बाँकेबाट १ हजार २८ वटा कारोबार भएको थियो ।असोजमा ९ हजार ४२६ कित्तालाई टुक्र्याई १९ हजार १७८ वटा पुर्याइएको विभागले जनाएको छ । सबैभन्दा बढी कित्ताकाट भूमिसुधार तथा मालपोत कार्यालय नेपालगञ्ज बाँकेबाट ३८६ वटा कित्तालाई टुक्रा गरी १२ सय ६७ पुर्याइएको छ ।