
बैंकिङ खबर/ साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी बीच मर्जर पश्चात बनेको सानिमा जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त हुनुभएको छ ।
कम्पनी सञ्चालक समितिको कार्तिक ७ गते बसेको १११ औं बैठकले सिइओमा उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी बीच मर्जर भएपछि कार्तिक ७ गते देखिनै एकीकृत कारोबार शुरुवात गरेका थिए ।
यस्तै कम्पनी सञ्चालक समितिको अध्यक्षमा कुनाल कयाल, सञ्चालकहरुमा डा। हेमन्त कुमार दवाडी, सोनाम ग्लाछो, कृष्ण बोहरा, मिता मुरारका अग्रवाल, प्रकाश मान श्रेष्ठ रहनुभएको छ ।


