
बैंकिङ खबर/ मौद्रिक नीतिले लिइसकेको ऋणमा नै पुनः ऋण लिन पाउने व्यवस्थालाई कडाई गरेपछि बैंकहरूको खराब कर्जा बढेको छ। चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यन्वयनमा आएपछि अधिकांश बैंकको खराब कर्जा बढेको देखिएको हो।
उत्पादन मुलक उद्योगहरुमा चुरोट, सुर्ति, मदिरा र बहुराष्ट्रिय कम्पनी बाहेक सबैलाई पुनर्कर्जाको सुविधा दिइएको थियो। पर्यटन क्षेत्र अन्तर्गत ट्रेकिङ, ट्राभल, पर्वतारोहण, होमस्टे रिसोर्ट, र्याफ्टीङ, होटल तथा रेष्टुरेन्टलाई सुविधा थियो। जलविद्युत अन्तर्गत निर्माणाधीन जल विद्युत आयोजना, निर्माण सम्पन्न भएता पनि भूकम्पको क्षति भएका उत्पादन कम्पनीहरुलाई सुविधा दिइएको थियो।
कृषि क्षेत्र अन्तर्गत उत्पादनमुलक कृषि क्षेत्रका सबैलाई यस्तो सुविधा प्रदान गरिँदै आएको थियो। त्यस्तै, रियलइस्टेट कम्पनीलाई समेत पुनर्कर्जा वितरण गरिँदै आएको थियो। जग्गा किनबेच मात्रै गर्ने कम्पनी बाहेका अन्य सबै रियलइस्टेट कम्पनीलाई पुनर्कर्जा वितरण गरिँदै आएको थियो।
तर चालू आर्थिक वर्षको मौद्रिक नीतिले यसलाई कडाई गरेको छ। अर्थात कृषि र कोभिडबाट अति प्रभावित घोषित भएको क्षेत्र बाहेकलाई पुनर्कर्जामा रोक लगाइएको छ। त्यसको प्रभावस्वरुप अहिले बैंकको खराब कर्जामा वृद्धि देखिएको हो।
यो भन्दा पहिले धेरै क्षेत्रले तोकिएको समयमा ऋण तिर्न नसके पनि त्यस कर्जालाई पुनर्कर्जाको रुपमा गणना गर्न सकिन्थ्यो। अब त्यसमा कडाई भएपछि भाका नाघेका बैंकका ऋणीहरु बढ्दो क्रममा रहेको बैंकहरुको वित्तीय विवरणले देखाएको हो।
चालू आर्थिक वर्षको तीन महिनाको विवरण हेर्ने हो भने सबै भन्दा धेरै खराब कर्जा सनराइज बैंकको देखिएको छ। सनराइज बैंकको खराब कर्जा २ दशमलव ९४ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामा १ दशमलव ८१ प्रतिशतले बढेको हो।
त्यस्तै सबैभन्दा कम खराव कर्जा एभरेष्ट बैंकको देखिएको छ। गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामा ० दशमलव २ प्रतिशतले मात्रै वृद्धि भएको छ।
कुन बैंकको खराब कर्जा कति छ?
नबिल बैंक २ दशमलव ३३ प्रतिशत
ग्लोबल आईएमई बैंक २ दशमलव १० प्रतिशत
एनआइसी एशिया बैंक ० दशमलव ५९ प्रतिशत
राष्ट्रिय वाणिज्य बैंक २ दशमलव ४८ प्रतिशत
कृषि विकास बैंक २ दशमलव ३८ प्रतिशत
कुमारी बैंक १ दशमलव २८ प्रतिशत
हिमालयन बैंक २ दशमलव ३१ प्रतिशत
एनसीसी बैंक २ दशमलव ४६ प्रतिशत
नेपाल इनभेष्टमेन्ट बैंक १ दशमलव ५७ प्रतिशत
मेगा बैंक १ दशमलव ६४ प्रतिशत
स्ट्याण्डर्ड चार्टड बैंक ० दशमलव ७७ प्रतिशत
सानिमा बैंक ० दशमलव ९१ प्रतिशत
नेपाल एसबीआई बैंक ० दशमलव ३६ प्रतिशत
प्रभु बैंक १ दशमलव ८६ प्रतिशत
सिटिजन्स बैंक १ दशमलव ९१ प्रतिशत
सेन्चुरी बैंक १ दशमलव ८८ प्रतिशत
माछापुच्छ्रे बैंक १ दशमलव ३० प्रतिशत
प्राइम कर्मसियल बैंक१ दशमलव ८० प्रतिशत
सिभिल बैंक १ दशमलव ४१ प्रतिशत
नेपाल बैंक २ दशमलव ३६ प्रतिशत
एनएमबी बैंक १ दशमलव ९० प्रतिशत
लक्ष्मी बैंक १ दशमलव ७२ प्रतिशत
सिद्धार्थ बैंक २ दशमलव १५ प्रतिशत
बैंक अफ काठमाण्डूको २ दशमलव ४६ प्रतिशत
नेपाल इन्भेष्टमेन्ट बैंक खराब कर्जा गत आर्थिक वर्षको तीन महिनाको तुलनामा ० दशमलव ७० प्रतिशतले घटेको छ भने सेन्चुरी बैंकको गत वर्षको तीन महिना र चालू आर्थिक वर्षको तीन महिनामा एकै अनुपातमा देखिएको छ।




