
बैंकिङ खबर/ बैंकहरुको व्याजदरवृद्धि पछि अहिले चौतर्फी विरोध भइरहेको छ । व्यवसायीहरु अहिले आन्दोलित बनेका छन् । यसैबीच पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्री नियामकीय निकायको गलत नीतिको कारण अहिले बैंकर र व्यवसायीबीच द्वन्द्व बढेको बताउनुभएको छ ।
ब्याजदर संसारभरि नै बढेको छ, तर हामीले चाहिनेभन्दा बढी वृद्धि गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘ब्याजदर वृद्धि पनि विस्तारै होइन, एकै पटक एक प्रतिशत, डेढ प्रतिशतसम्म बढायौं, राष्ट्र बैंकले नै एक पटकमा डेढ प्रतिशत बढायो ।’
भारतले ०.५, बंगलादेशले ०.२५ प्रतिशतले र अमेरीकाले धेरै बढायो भन्दा पनि ०.७५ प्रतिशतले ब्याजदर बढाउँदा नेपालमा भने एकैपटक डेढ प्रतिशतले वृद्धि हुनु समस्याको विषय भएको क्षेत्रीले बताउनुभयो ।
राष्ट्र बैंकले बैंकहरुलाई ‘हरेक महिना १० प्रतिशतले वृद्धि गर’ भन्नुले एक वर्षमा १२० प्रतिशतले वृद्धि गर्ने नीति लिएको देखिएको उहाँको टिप्पणी छ ।
ब्याजदर बढाएर आयात घटाउने गफ लगाइरहको, तर ब्याजदर बढ्दा झनै परनिर्भरता बढ्ने उहाँले बताउनुभयो । भारतमा ५÷६ प्रतिशतमा कर्जा पाइनेमा नेपालमा १२/१३ प्रतिशत पुगेको भन्दै यस्तो कर्जाले कसरी भारतीय उत्पादनसँग प्रतिस्पर्धा गरेर आयात प्रतिस्थापन हुन नसक्ने उहाँको भनाइ छ ।
यद्यपी वित्तीय सेवा बन्द गरेर विरोधमा उत्रिनु गलत भएको क्षेत्रीको टीप्पणी छ । वाहृय क्षेत्र सन्तुलनको लागि आयात प्रतिस्थापन नै मुख्य उपाय भएको भएपनि त्यसका लाग ब्याजदर वृद्धि गरेर नहुने उहाँको भनाइ छ ।




