
बैंकिङ खबर/सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डलाई नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाईसेन्स दिने मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।
शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाले उक्त मुद्दामा कारण देखाउ आदेश जारी गरेको हो । बोर्डले लाइसेन्स खुल्ला गरेपछि सो प्रकृया विरुद्ध अधिवक्ता दीपक बिक्रम मिश्रले सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमा सर्वाेच्चले कारण देखाउ आदेश जारी गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजार काठमाडौंमा कार्यरत कार्यालय सहयोगी होमनाथ खतिवडालाई स्रोत नखुलेको ३ लाख १८ हजार ६ सय र ७ लाख ५० हजारको चेकसहित नियन्त्रणमा लिएको छ ।
आयोगले शुक्रवार सेवाग्राहीबाट ५ हजार घुस मागिरहेको भन्ने विशेष सूचनाका आधारमा खतिवडालाई नियन्त्रणमा लिएको थियो । उनको खानतलासी गर्दा स्रोत नखुलेको ३ लाख १८ हजार ६ सय र ७ लाख ५० हजारको चेक पनि पाइएको अख्तियारले जनाएको छ ।


