२०७३ आश्विन २२ गते

दशैँ विदा मनाउन कुनकुन मुलुक उपयुक्त ?

यसपाली दशैँसँगै अलिअलि चिसो पनि सुरु भइसकेको छ । प्रायः नेपालीहरु अहिले विदामा हुनुहुन्छ । यो समय लामो यात्राका लागि उपयुक्त हुन सक्छ । यो खाली समयको सदुपयोग गर्न कतिपयले विदेश घुम्न जाने सोच बनाउनुभएको हुन सक्छ । यो समय घुमफिरको लागि एकदमै उपयुक्त समय मानिन्छ । यो समयमा विदा मनाउनका लागि कुन ठाउँ उपयुक्त होला भनेर सोच्दै हुनुहुन्छ भने केही डेस्टिनेसन एक्स्पर्टहरुले यसबारेमा सुझाएका छन् । 

१. इटाली
italyइटाली प्राचीन तथा ऐतिहासिक सभ्यताका कारण प्रख्यात मुलुक हो । युरोप महादेशको दक्षिणतर्फ पर्ने यो मुलुक इटालीमा घुम्नलायक थुप्रै ठाउँहरु छन् । जसमध्ये, रोम, भेनिस, फ्लोरेन्स, सिसिली, रोमन फोरम लगायत छन् । यसबाहेक, मिलान क्याथ्रेडल, सेन्ट पिटर्स बेसिलिका आदि विश्वमै रुचाईएका ऐतिहासिक धरोहरहरु हुन् । विशेषतः प्राची सभ्याता, इतिहास तथा पुरातात्विक कलाका बारेमा जिज्ञासा राख्नेहरुका लागि दशैँ विदा यादगार बनाउने गन्तव्य इटाली हुन सक्छ ।

२. सिंगापूर
singaporeसिंगापूर एसिया महादेशकै सबैभन्दा आकर्षक मुलुक मानिन्छ । त्यसैले पनि प्रायः मानिसहरु यहाँ जान रुचाउँछन् । थुप्रै आईल्याण्डहरु मिलेर बनेको भएकाले पनि यो मुलुक आकर्षणको केन्द्र बन्न पुगेको छ । साथै, आर्थिक समृद्धिका नमुनाहरु सिंगापूरमा देख्न पाइन्छन् । यो मुलुक विजनेस गर्नका लागि सबैभन्दा सजिलो ठाउँ भनेर पनि चिनिन्छ । त्यसैले पनि यो मुलुकमा गएर आफ्नो विदाको सदुपयोग गर्नु उपयुक्त हुन सक्छन् । यहाँका विजनेस ट्रेन्डहरु, आकर्षक एवम् आफैँमा समृद्ध आईल्याण्डहरुको अवलोकन गर्न तपाईँ सिंगापूर जान सक्नुहुन्छ । 

३. स्विट्जरल्याण्ड
switzerlandविकासको दृष्टिको अब्बल मानिने स्विट्जरल्याण्ड एकपटक पुगेर आउने प्रायःको सपना नै हुन्छ । पर्यटकी आकर्षणका मुलुकमध्ये स्विट्जरल्याण्ड पनि एक हो । यद्यपि, यो देश प्रकृतिक सुन्दरताका कारणले भन्दा पनि कृतिम सुन्दरताका कारण प्रख्यात छ । साथै, यहाँको बैंकिङ प्रणालीको चर्चा विश्वभर हुने गर्दछ । यहाँका बैंकहरु एकदमै सुरक्षित र ग्राहककको विवरण गोप्य राख्नमा खप्पिस मानिन्छन् । त्यसैले संसारभरकै धनाढ्यहरुको खाता स्विस बैंकमा हुने गरेको पाइएको छ । यहाँको कृतिम सुन्दरताका साथै विलासी जीवनशैलीको अवलोकन गर्न चाहनुहुन्छ भने यसपालीको दशैँ विदामा तपाईँका लागि उचित गन्तव्य हुन सक्छ, स्विट्जरल्याण्ड । 

४. थाइल्याण्ड
thailandथाइल्याण्ड विशेषतः मसाजकै लागि प्रख्यात मानिन्छ । यहाँको सेक्स टुरिजमले विश्वभरका पर्यटकहरुलाई आकर्षित गर्ने गरेको छ । यसबाहेक, ग्राण्ड प्यालेस, गोल्डेन बुद्ध, खाओ याई नेशनल पार्क, सफारी वल्र्ड आदि यहाँका घुम्नलायक ठाउँहरु हुन् । थाइल्याण्डका खानाहरु पनि निकै स्वादिष्ट र अलग मानिन्छ । नाङ रोङ गाउँको नजिकमा रहेको फानोम रङ एउटा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको भवन हो जुन १० औँ शताब्दीमा हिन्दुहरुको भगवान महादेवका लागि बनाइएको भन्ने किंवदन्ती छ । यो भवन यसमा प्रयोग भएका कलाकौशलका कारण प्रख्यात छ । नयाँदेखि पुरातात्विक स्थल, कला तथा प्रचलनहरुको प्रत्यक्ष अनुभव गर्नका लागि तपाईँ थाईल्याण्ड जान सक्नुहुन्छ ।  

५. पेरु
peruपेरु जाँदा घुम्न छुटाउनै नहुने एउटा ऐतिहासिक स्थल हो माचुपिचु । हरियाली वातावरण र वरीपरी घना जंगल भएको यो ठाउँ उरुबम्बा उपत्यकाबाट छेकिने भएकाले यसलाई लस्ट सिटि अफ द इन्कास पनि भन्ने गरिन्छ । यसबाहेक, घना जंगलहरु, जंगली पशुपंक्षीको रहरलाग्दो जीवन लगायत प्रकृतिको आनन्द लिन चाहनेले दशैँ विदाको उपयोग पेरु घुमेर गर्न सक्नुहुनेछ ।

६. मोरक्को
moroccoविश्वको तेस्रो ठूलो हसन मस्जिदजस्ता थुप्रै ऐतिहासिक धरोहरले सुसज्जित यो मुलुक उत्तरी अफ्रिकाको रोमन प्रान्तमा अवस्थित छ । त्यसो त आन्द्र महासागरसँग जोडिएको मोरक्को त्यस्तो मुलुक हो, जहाँ मनोरञ्जनका निम्ति पर्यटकहरूको ओइरो लाग्छ । मस्जिदको बेजोड शिल्प, गतिमान सहर, सम्पन्न लोककला अवलोकनका लागि मोरक्को पुग्नैपर्छ । मोरक्कोलाई चारैतिरबाट रिफ, मध्यएटलस, उच्च एटलस तथा एन्टी एटलसजस्ता पर्वत शृंखलाले घेरेको छ । उच्च एटलसमा केही हिउँका पहाड छन्, जसलाई अफ्रिकाकै सबैभन्दा अग्ला पहाड मानिन्छ । मोरक्कोको भूमध्यक्षेत्र जैविक विविधताले सम्पन्न छ । मुस्लिम मुलुक भएर पनि यसले युरोपेली सभ्यता अंगालेको यो मुलुकका घुम्नलायक स्थलहरु रावत, मरकेश, फेस, सेल, अगडिर, कासाब्लान्का, अगादिर आदि रहेका छन् । थाइल्याण्डको मसाजजस्तै यहाँको स्नानगृह प्रख्यात मानिन्छ । समग्रमा, ऐतिहासिक स्थल, प्राकृतिक मनोरम दृश्यहरु, समुन्द्र तटको मजा लगायत हरेक कुराको मजा तपाईँले यो मुलुकमा पाउन सक्नुहुनेछ, जसले तपाईको दशैँ विदालाई यादगार बनाउनेछ । 

७. क्यानडा
canadaक्यानडा विश्वको एक मात्र यस्तो मुलुक हो जुन तीन वटा महासागरले घेरिएको छ । यो मुलुक आन्द्र महासागर, प्रशान्त महासागर र आर्कटिक महासागरले घेरिएर रहेको छ । प्राकृतिक सुन्दरता र स्रोतको उपयोग गरेर नै यो मुलुक विश्वकै समृद्ध मुलुहरुको सूचीमा अटाएको छ । प्राकृतिक सुन्दरताका कारण यहाँको पर्यटन व्यवसायले अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ । प्राकृतिक सुन्दरताका साथै सोही सुन्दरताको भरपूर उपयोग गरेर समृद्ध बनेका मानिसहरुको जीवनशैलीको अवलोकन गर्नका लागि तपाईँ क्यानडा गएर आफ्नो दशैँ विदाको सदुपयोग गर्न सक्नुहुनेछ ।

८. ग्रीस
greeceपश्चिमा सस्कृतिको उद्य्गमस्थल मानिने ग्रीस ऐतिहासिक महत्व बोकेको मुलुक हो । प्रायः यहाँका सांस्कृतिक तथा कलात्मक क्षेत्रहरुको अवलोकन गर्नकै लागि विश्वका विभिन्न मुलुकहरुबाट जाने गर्दछन् । यसबाहेक, यहाँका समुन्द्री तटहरु, आइल्याण्ड, ऐतिहासिक कला तथा संस्कृति, विकसित सहरहरु लगायत यहाँका आकर्षणहरु हुन् । समुन्द्री तटको मजा लिँदै विभिन्न कलात्मक तथा ऐतिहासिक वस्तुहरुको अवलोकन गर्नका लागि तपाईँ ग्रीस जान सक्नुहुनेछ ।

९. अष्ट्रेलिया
Sydney Opera House and Ferryप्रायः अध्ययनका लागि विदेशीहरुको केन्द्र बनिरहेको अष्ट्रेलिया घुमफिरका लागि पनि उपयुक्त ठाउँ हो । यो मुलुक सबैभन्दा धेरै हिमाली भेग भएको मुलुमध्येमा पर्दछ । यहाँको एक तिहाई भाग मात्रै समुन्द्री सतहबाट पाँच सय मिटर तल रहेको छ । बाँकी सबै भुभाग हिमाली भेगमा छन् । संसारका सबैभन्दा धनी १५ मुलुकहरुको सूचीमा अटाएको यो मुलुकमा प्रायः हिउँसँग खेल्न मन पराउनेहरु आफ्नो दशैँ विदा मनाउन जान सक्नुहुन्छ । यहाँको विन्टर स्की र क्लासिकल म्युजिक सबैभन्दा धेरै प्रख्यात छन् । 

१०. चीन
chinaचीन नेपालको छिमेकी मुलुक हो । चीनसँग नेपालको खुला सिमाना छ । यसकारण चीन यात्रा खासै महँगो नपर्न सक्छ । मानव सभ्यताको सुरुवात भएको एउटा मुलुक चीन पनि हो । मानव सभ्यताबाहेक यहाँको ग्लोबल पावर हाउस पनि विश्वप्रख्यात छ । यहाँको विकास हेर्नलायक छ । चीन विश्वकै सबैभन्दा ठूलो निर्यातकर्ता हो भने दोस्रो ठूलो आयातकर्ता हो । नेपालको उत्तरतर्फको सिमाना जोडिएको चीनका प्रायः मानिसहरु बौद्ध धर्म मान्दछन् । यो कम्युनिष्ट शासन भएको मुलुक हो । सफलतापूर्वक कम्युनिष्ट शासन चलाउने मुलुकमा एक उदाहरण बन्न सफल यो मुलुक पनि एकपटक घुम्नैपर्ने मुलुकहरुको सूचीमा पर्छ ।