Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकद्वारा सात महिनामा ३ खर्ब विदेशी ऋण स्वीकृति

२०७९ कार्तिक ३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ७ महिनामा ३ खर्ब रुपैयाँ विदेशी ऋण स्वीकृत गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२२ को जुलाईसम्म ३ खर्ब ९ अर्ब ९३ करोड ३० लाख रुपैयाँ विदेशी ऋण स्वीकृत गरेको हो । जुलाइसम्म १ खर्ब १८ अर्ब ८३ करोड ५० लाख रुपैयाँ विदेशी लगानी आएको छ भने २ खर्ब ४ अर्ब ९४ करोड ४० लाख रुपैयाँ स्वीकृत भएको छ ।

यस्तै, विदेशी लगानी रहेका कम्पनीले नेपालबाट करिब २ खर्ब रुपैयाँ लाभांश मार्फत् रकम विदेश लिगेका छन् । विभिन्न कम्पनीहरुले १ खर्ब ९६ अर्ब १३ करोड ७० लाख रुपैयाँ विदेश फिर्ता लिएको राष्ट्र बैंकको तथ्यांकमा छ ।

यस्तै, अघिल्लो वर्ष अर्थात् सन् २०२१ जुलाइसम्म भने २ खर्ब ६६ अर्ब ९० करोड ५० लाख रुपैयाँ विदेशी ऋण स्वीकृत भएको थियो भने १ खर्ब ७ अर्ब ९९ करोड २० लाख रुपैयाँ विदेशी लगानी आएको थियो ।

Ad