
बैंकिङ खबर/ बीमा समितिले आर्थिक वर्ष २०७९ का लागि नवीकरण भएका बीमा सर्भेयरहरूको विवरण सार्वजनिक गरेको छ । समितिकाअनुसार १ हजार २०९ जना बीमा सर्भेयरले लाइसेन्स नवीकरण गरेका छन् । समितिले कार्यानुभवका आधारमा बीमा सर्भेयरको लाइसेन्सलाई ४ भागमा विभाजन गरिदिएको छ ।
समितिकाअनुसार ‘क’ वर्गका ५० जना सर्भेयरको लाइसेन्स नवीकरण भएको छ । यस्तै ‘ख’ वर्गमा ५६ जना, ‘ग’ वर्गमा १३० जना र ‘घ’ वर्गमा ९७३ जना गरी १ हजार २०९ जना सर्भेयरको लाइसेन्स नवीकरण भएको समितिको तथ्यांक छ । बीमा सर्भेयरहरूलाई कार्य अनुभवका आधारमा ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गीकरण गर्ने गरिन्छ ।
१५ वर्षभन्दा बढी अवधि नियमित रूपमा सर्भेयरको काम गरेका सर्भेयरलाई ‘क’ वर्ग, १० वर्षदेखि पन्ध्र वर्षसम्म नियमित रूपमा सर्भेयरको काम गरेका सर्भेयरलाई ‘ख’ वर्ग, ५ वर्षदेखि १० वर्षसम्म नियमित रूपमा सर्भेयरको काम गरेका सर्भेयरलाई ‘ग’ वर्ग र ५ वर्षसम्म नियमित रूपमा सर्भेयरको काम गरेका सर्भेयरलाई ‘घ’ वर्गमा वर्गीकरण गरिने व्यवस्था छ ।



