Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

कोरोना बीमाः बीमा समितिले १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी गर्दै

२०७९ कार्तिक ३ गते

बैंकिङ खबर/ बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी गर्न बाँकी रकम मध्ये १ अर्ब ८१ करोड रूपैयाँ तत्काल भुक्तानी गर्ने तयारी गरेको छ ।

सरकारले कोरोना बीमाको दाबी भुक्तानीको लागि १ अर्ब रूपैयाँ निकासा गरेको थियो । जसमा ८१ करोड रूपैयाँ थप गरी कुल १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी गर्ने तयारी गरिएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार सरकारले निकासा गरेको १ अर्ब रूपैयाँमा बीमा कम्पनी, बीमा समिति र पुनर्बीमा कम्पनीले ८१ करोड रूपैयाँ थप गरी कुल १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी दिने तयारी गरिएको छ ।

रकम वितरण गर्नमा भने अर्थमन्त्रालयको स्वीकृति आवश्यक रहेको उहाँको भनाइ छ । अर्थमन्त्रालयको स्वीकृतिपछि मात्रै भुक्तानी गरिने उहाँले बताउनुभयो । सरकारले आफ्नो दायित्वमा परेको रकम निकासा नगरेको भन्दै कम्पनीहरूले भुक्तानी प्रक्रिया रोकेका थिए ।

कम्पनीहरूले भुक्तानी रोकेको ५ महिना पछि सरकारले भुक्तानी कसरी गर्ने भन्ने विषयमा छलफल चलाएको थियो । छलफलमा अर्थमन्त्री जर्नादन शर्माले कसरी भुक्तानी गर्न सकिन्छ भनेर बीमा समितिसँग विकल्पसहितका सुझाव माग गरेका थिए ।